सुदूर नेपाललाई विश्वसँग जोड्दै

लमही नगरपालिका र अस्पताल बन्द

२०७७ कार्तिक १८, ०९:२४ रासस

दाङको लमही नगरपालिकास्थित लमही अस्पताल आजदेखि सात दिनलाई बन्द गरिएको छ । अस्पतालमा कार्यरत तीन स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि यही कात्तिक २४ गतेसम्म अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द भएको जनाइको छ ।

अस्पतालका कर्मचारीमा गत सोमबार कोराना पुष्टि भएकाले उनीहरुको सम्पर्कमा रहेका कर्मचारीको पिसिआर परीक्षण गर्नका लागि सेवा बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा आकाश बेल्बासेले जानकारी दिए ।

यसैगरी जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि लमही नगरपालिका कार्यालय बन्द गरिएको छ ।  यही कात्तिक २४ गतेसम्म अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरिएको नगर प्रमुख कुलबहादुर केसीले सूचनामार्फत जानकारी दिए । 
 

कमेन्ट लोड गर्नुस