सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा युवती मृत भेटिइन्

२०७७ कार्तिक १८, ०४:५४ खबर संवाददाता

धनगढी : धनगढीमा १८ वर्षीया युवती मृत भेटिएकी छन् । उप–महानगरपालिकाको वडा नम्बर ८ मा १८ वर्षीया युवती मृत भेटिएको प्रहरीले जनाएको छ ।

वडा नम्बर १ को बसन्तटोल शिविरमा वस्दै आएकी ईन्द्रा चौधरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।

अहिले घटनास्थलमा मुचुल्का उठाउने काम भईरहेको उनले बताए । चौधरी रुखमा झुण्डिएको अवस्था मृत भेटिएपनि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट लोड गर्नुस