सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय जंगलमा नेपाली महिलाको शव फेला, डायरीमा श्रीमानको नाम !

फाईल फोटो
फाईल फोटो
२०७७ कार्तिक १८, १०:१५ खबर संवाददाता

धनगढीः भारतीय जंगलमा नेपाली महिलाको शव फेला परेको छ ।

कञ्चनपुरको पुर्नवास नगरपालिका क्षेत्रबाट ४ किलोमिटर भित्र भारततर्फ दुधुवा राष्ट्रिय निकुञ्जको रानीवनमा अन्दाजी ५५ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भारतीय प्रहरीले महिलाको शव फेला पारेको बताए ।

प्रहरी नायब उपरीक्षक थापाका अनुसार महिलाको शव सडेको अवस्थामा भारतीय प्रहरीले फेला पारेको हो । महिलाको शव नजिकै एउटा डायरी पनि भेटिएको छ ।

उक्त डायरीमा कञ्चनपुरको साविकको परासन गाविस वडा नम्बर ३ ठेगना उल्लेख गरिएको छ ।

डायरीमा आफ्नो नाम नरदेवी कठायत, श्रीमान राजेन्द्रसिह कठायत  र बुवाको नाम कासी बोगटी लेखिएको पाईएकाले सोही अनुसार महिलाको पहिचानमा जुटेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

महिलाको शव अहिले भारतको पलियामा राखिएको छ । 
 

कमेन्ट लोड गर्नुस