प्रदेश सरकारले नमूना काम गरेको छ :सभामुख थापा
सुदूरपश्चिम प्रदेश सरकारले नमूना काम गरेको सभामुख अर्जुनबहादुर थापाले बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ, बझाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभामुख थापाले प्रदेश सरकारले सडकहरुको गुणस्तर बढाएको, पहाडी जिल्लामा अपाङ्गता भएका विद्यार्थीका लागि छात्राबास निमार्ण गर्न बजेट विनियोजन गरेको बताए ।
उनले शिक्षा क्षेत्रमा पनि विगतको तुलनामा सुधार आउको औल्याउँदै भौतिक पूर्वाधार र सामाजिक विकासमा सहयोगी हुने गरी काम गर्न पत्रकारहरुलाई आग्रह गरे ।