सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको जिल्ला बालसुधार गृह बन्द

२०७७ कार्तिक १६, ०९:२३ रासस

डोटीको कोरोना जोखिम बढेपछि जिल्ला बालसुधार गृह, सिलगढी बन्द गरिएको छ ।

विभिन्न ठाउँबाट ल्याइएका २७ जना बालकमा कोरोना सङ्क्रमण देखिएपछि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराइले बताए ।

उनले भने, “बालसुधार गृहमा यति धेरै सङ्ख्यामा कोरोना सङ्क्रमित देखिए, कोरोना फैलिन नदिन हामीले आवतजावत र सेवा बन्द गरेका हौँ ।”

कमेन्ट लोड गर्नुस