सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराका शिक्षक सिंहद्वारा गरिब विद्यार्थीका लागि अक्षयकोष स्थापना

२०७७ कार्तिक १६, ०७:४५ खबर संवाददाता

धनगढी:  डडेल्धुराका एक शिक्षकले आफ्ना आमाबुवा र गुरुको सम्मानमा विद्यार्थीका लागि अक्षयकोष स्थापना गरेका छन् । जिल्लाको परशुराम नगरपालिका वडा नम्बर ७ का शिक्षक रमेशबहादुर सिंहले सिद्धनाथ आधारभूत विद्यालय लालपुरमा १ लाख ११ हजार १ सयको अक्षयकोष स्थापना गरेका हुन । 

उक्त अक्षयकोषबाट गरिब र सीमान्तकृत समुदायका बालबालिकालाई छात्रवृत्ति प्रदान भई पठनपाठनमा सजिलो होस भन्ने उदेश्यका सहयोग गरेको सिंहले बताए । 

शिक्षक सिंहले विद्यालयलाई बुवा गगनबहादुर सिंह, आमा जयन्तीदेवी सिंह र गुरु परमानन्द जोशीको सम्मानमा सो रकमको चेक विद्यालयका प्रधानाध्यापक लिलादेवी विष्टलाई हस्तान्तरण गरेका छन् ।
 

कमेन्ट लोड गर्नुस