डोटीका थप ३६ जनामा कोरोना पुष्टि
२०७७ कार्तिक १६, ०४:५८
धनगढीः डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ३६ जनामा संक्रमण पुष्टि भएको छ । ९७ जनाको कोरोना परीक्षण भएकोमा ३६ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको दिपायल सिलगढी नगरपालिकाका ३४ जना, बोगटान फुडशिल गाउँपालिकाका १ जना र जिल्लामा कार्यरत एक प्रहरीमा कोरोना संक्रमण भेटिएको बताए ।
कमेन्ट लोड गर्नुस