सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप २८२५ जनामा कोरोना पुष्टि

२०७७ कार्तिक १६, ०४:४२ खबर संवाददाता

धनगढी : नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८ सय २५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६८ पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३ हजार ६ सय २० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म निको हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४२ पुगेको छ।

आज १३ हजार २३ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ रहेको मन्त्रालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस