सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ‘सेल्फ डिफेन्स’का ३० प्रशिक्षक तयार पारिँदै

२०७७ कार्तिक १६, ०३:४२ खबर संवाददाता

धनगढी: धनगढीमा महिलाहरुलाई आत्मरक्षा सम्बन्धि तालिम(सेल्फ डिफेन्स) दिने ३० जना प्रशिक्षक तयार पारिन लागेको छ । समाजमा घटिरहेका महिला हिंसा तथा बलात्कारका घटना न्यूनिकरणमा सहजता होस् भन्दै कार्तिक २० गतेबाट उक्त तालिम सञ्चालन हुन लागेको हो । 

यौनहिंसा विरुद्धको अभियान प्रहारले आयोजना गर्ने उक्त प्रशिक्षक प्रशिक्षणमा ३० जना प्रशिक्षार्थी छनौट भइसकेको अभियानका संयोजक प्रकाश चन्दले जानकारी दिए । 

उनीहरुलाई एक हप्ते आत्मरक्षा तालिम दिइने चन्दले बताए । ‘यो तालिम पश्चात ३० जनाले विभिन्न स्थानमा गएर महिलालाई तालिम दिनेछन्। उनीहरुले विद्यालयहरुमा निःशुुल्क प्रशिक्षण दिनेछन्’ उनले भने । 

प्रशिक्षकहरुका लागि धनगढी रंगशालामा तालिम संचालन हुने बताइएको छ । 

कमेन्ट लोड गर्नुस