सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको वडा नम्बर १५ का विद्यालय सञ्चालन हुने

२०७७ कार्तिक १६, ०१:०८ खबर संवाददाता

धनगढी : धनगढी उप–महानगरपालिकाका वडा नम्बर १५ का विद्यालयहरु सञ्चालन हुने भएका छन् । कोरोना कहरका कारण गत चैतदेखि बन्द रहेका विद्यालयहरु सञ्चालनमा आउने भएका हुन् ।

वडा कार्यालयमा आइतबार बसेको अभिभावकसहितको बैठकले वडाभित्र रहेका सबै विद्यालयहरु सञ्चलन गर्ने निर्णय गरको वडाध्यक्ष फूलराम चौधरीले बताए । विद्यालर्थीको रोल नम्बरका आधार जोर–विजोर प्रणालीमार्फत भौतिक दुरी कायम गरी विद्यालय सञ्चालन गरिने निर्णय गरिएको छ ।

धनगढीस्थित अन्य विद्यालयमा भने पढाई अझै पठनपाठन सुरु गरिएको छैन । यद्यपी निजीसहितका विद्यालयले वैकल्पिक सिकाइ अन्तरगत अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन् ।

कमेन्ट लोड गर्नुस