कैलालीको अत्तरियामा वेवारिसे शव भेटियो
धनगढीः कैलालीको अत्तरियामा वेवारिसे शव भेटिएको छ ।
गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियास्थित पूर्व रोडमा रहेको प्रतिक्षालयमा वेवारिसे शव भेटिएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत चौधरीले शनिबार साँझ वेवारिसे शव भेटिएको दिनेश खबरलाई बताए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले अन्दाजी ६० वर्षीया बृद्धको शव भेटिएपनि पहिचान नखुलेको बताए ।
प्रहरी नायब उपरीक्षक विष्टका अनुसार पहाडी मूलको जस्तो देखिने ती बृद्धले माथिल्लो शरीरमा सेतो धर्के सर्ट, तल्लो शरीरमा नीलो पाइन्ट लगाएका छन् ।
उनको शव अहिले सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
उनलाई चिन्ने जो कोहीले परिवार वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन प्रहरीले आग्रह गरेको छ ।