सुदूर नेपाललाई विश्वसँग जोड्दै

सञ्चारकर्मी तथा मोडेल रोकायाको ‘धनगढीकी छोरी’ सार्वजनिक(भिडियोसहित)

२०७७ कार्तिक १५, ०७:०० खबर संवाददाता

चैनपुर: लामो समयदेखि सञ्चार क्षेत्र र शिक्षण पेशामा आवद्ध विना रोकाया अभिनित धनगढीकी छोरी म्युजिक भिडियो सार्वजनिक भएको छ ।

म्युजिक भिडियोमा रोकायाले धनगढीकी छोरी भएर नृत्य गरेकी छन् । बझाङका पर्यटकिय क्षेत्रहरुमा छायांकन गरिएको भिडियो धेरैले रुचाएका छन् ।

म्युजिक भिडियोले बझाङका बारिल झरना, देवल विमानस्थल, सदरमुकाम चैनपुर लगायतका बझाङका भूदृश्यलाई कैद गरेको हुँदा पर्यटक भित्र्याउन पनि ठूलो भूमिका खेल्ने कलाकार तथा सञ्चारकर्मी रोकायाले बताइन् ।

उनले आफूले सकेसम्म राम्रो गर्ने प्रयास गरेको र दर्शक  स्रोताले रुचाए अझै आगामी भिडियोहरुमा पनि अभिनय गर्ने बताइन् । उनी विगत एक दशकदेखि बझाङको साइपाल एफएममा काम गर्दै आएकी छन् ।

 

कमेन्ट लोड गर्नुस