सुदूर नेपाललाई विश्वसँग जोड्दै

कब्रिस्तान सील गरिएपछि विरोधमा धनगढीका मुस्लिम

२०७७ कार्तिक १५, ११:११ खबर संवाददाता

धनगढी : धनगढी उपमहानगरपलिका १ स्थित कब्रिस्तान सील गरिएपछि धनगढीका मुस्लिम समुदाय विरोधको तयारी उत्रिएका छन् ।

कब्रिस्तान नै सील गरिएपछि २ दिनदेखि एक जना मृतकको शवको व्यवस्थापन गर्न नपाएका उनीहरु शनिबार विहानैदेखि विरोधको तयारीमा उत्रिएका हुन् ।  आफुहरुको धार्मिक परम्परा अनुसार काम गर्न नपाएको भन्दै उनीहरु विरोधमा उत्रिएका छन् ।
धनगढी उपमहानगरपालिका १ स्थित नेपाली नूरी जामा मस्जितका कार्यबाहक अध्यक्ष महोमद यामिनले २ दिनदेखि आफन्तको दहसंस्कार गर्न नपाएको बताए । उनीहरु अहिले मस्जितमा भेला भएका छन् ।

स्थानीय प्रशासन र स्थानीय निकायलाई आश्वासन मात्रै दिएको र हालसम्म कुनै भरपर्दो निकास नदिएको बताए । १२ बजेसम्म अझै निकास नआए आन्दोलन चर्काउने चेतावनी दिएको समेत कार्यबाहक अध्यक्ष यामिनले दिनेश खबरलाई बताए ।

शुक्रबार विहान दुबै मृगौला फेल भएर धनगढी उपमहानगरपालिका १ का ५० वर्षीय मोहमद जमसेदको मृत्यु भएको थियो । तर शव व्यवस्थापन गर्न नदिइएपछि घरमै शव राखेर मृतकका परिवार तथा आफन्तजन शुक्रबार विहानदेखि जिल्ला प्रशासन कार्यालय धाउन बाध्य भएका छन् ।

शुक्रबार दिनभरी पनि जिल्ला प्रशासन कार्यालय कैलालीले निकास दिन नसक्दा पीडितलाई झनै पीडित बनाएको हो । धनगढी उपमहानगरपालिकाको १ नंं वडा कार्यालयले शुक्रबार एउटा लिखित पत्र जारी गर्दै कब्रिस्तान सील गरेको थियो ।

सो पत्रमा भनिएको छ, ‘सो स्थानमा अर्को व्यवस्था नभएसम्मको लागि कुनै पनि किसिमको लासको व्यवस्थापन कब्रस्थानमा नगर्ने भनी सम्बन्धित टोलको संघर्ष समितिबाट मुचुल्का लेखी आएकोले सो अनुसार उक्त स्थानमा अर्को व्यवस्था नभएसम्मको लागि कुनै पनि किसिमको लासको व्यवस्थापन नगर्न, नगराउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना गरिएको छ ।’

कमेन्ट लोड गर्नुस