कञ्चनपुरमा कुखुरा फार्ममा आगलागी, १५० कुखुरा जलेर नष्ट
२०७७ कार्तिक १५, ०८:३४
धनगढीः कञ्चनपुरमा कुखुरा फार्ममा आगलागी भएको छ ।
जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर १ चित्तलथलामा स्थानीय दीर्घराज रोस्याराको खरले छाएको एक तले फार्ममा विद्युत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले आगागीबाट फार्ममा रहेका १ सय ५० कुखुरा जलेर नष्ट भएको बताए ।
ती कुखुराको मूल्य झण्डै ७० हजार हुन आउने प्रहरीले जनाएको छ ।
कमेन्ट लोड गर्नुस