सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा २ लाख ५१ हजार सहित २९ जुवाडे पक्राउ

फाईल फोटो
फाईल फोटो
२०७७ कार्तिक १५, ०८:०२ खबर संवाददाता

धनगढीः कैलालीमा २ लाख ५१ हजार नगद सहित २९ जना जुवाडे पक्राउ परेका छन् ।

जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर १ स्याउलेबाट २ लाख ५१ हजार ४ सय नगद सहित २९ जना जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान समूह आरआइटी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको स्रोतले जनाएको छ ।

पक्राउ पर्नेहरुमा अधिकांश स्थानीय व्यापारी छन् । 
 

कमेन्ट लोड गर्नुस