विश्व सहर दिवस मनाइँदै
काठमाडौँ : समृद्धि र सुखी जीवनको आधार : हाम्रा समुदाय र सहर’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व सहर दिवस २०२० मनाइँदै छ ।
सहरी विकास मन्त्रालयले वर्षभरि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै आएको छ । यस वर्ष कोभिड–१९ का कारण विश्व सहर दिवसको मूल समारोह प्रत्यक्षरुपमा आयोजना गर्न नसकिए पनि भर्चुअल माध्यमबाट सम्पन्न गरिँदै छ ।
यस अवसरमा सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आज सबैमा शुभकामना दिँदै विकासको मुख्य आधार योजनाबद्ध सहरीकरण भएकामा जोड दिएका छन् ।