थप ३५१७ जनामा कोरोना संक्रमण
२०७७ कार्तिक १४, ०४:२६
धनगढी : नेपालमा थप ३ हजार ५ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ४ हजार ९६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख २८ हजार ९ सय ५८ पुगेको छ ।
कमेन्ट लोड गर्नुस