सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा युवक हत्या प्रकरण :थप ६ जना

२०७७ कार्तिक १४, ०३:१० खबर संवाददाता

धनगढीः कैलालीको जानकी गाउँपालिकामा कुटपिट गरी युवकको हत्या गरिएको प्रकरणमा अनुसन्धानका लागि प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ ।

गएराती जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का २२ वर्षीय भरत तिमल्सिनाको कुटपिट गरी हत्या गरेको घटनामा अनुसन्धानका लागि थप ६ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले उनीहरुलाई सोधपुछका लागि पक्राउ गरिएको दिनेश खबरलाई बताए ।

घटना स्थल र आसपासका उनीहरुलाई सोधपुछका लागि मात्रै पक्राउ गरिएकाले नाम खुलाउन नमिल्ने प्रहरीले जनाएको छ ।

गएराती साढे १० बजेको समयमा जानकी गाउँपालिका वडा नम्बर ५ मा युवाहरुको कुटपिटबाट गम्भीर घाइते भएका तिमल्सिनाको नेपालगञ्जमा मृत्यु भएको थियो ।  

उनलाई उपचारका लागि नेपालगञ्ज लगिएकोमा अस्पताल पुगाउने बितिकै चिकित्सकले मृत घोषणा गरेका थिए ।

तिमल्सिनाको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले यसअघि स्थानीय मानबहादुर चैधरी, केशव टमटा र समर चौधरीलाई पक्राउ गरिसकेको थियो । 
  
 

कमेन्ट लोड गर्नुस