सुदूर नेपाललाई विश्वसँग जोड्दै

इनास ग्लोबल गायन तथा नृत्य प्रतियोगितामा निर्णायक बनिन गायीका मल्ल

२०७७ कार्तिक १४, ०१:५८ खबर संवाददाता

धनगढी: चर्चित गायीका सिन्धु मल्लले इनास ग्लोबल गायन तथा नृत्य प्रतियोगितामा सफलतापूर्वक निर्णायकको भूमिका निर्वाह गरेकी छिन् । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज(इनास) ले आयोजना गरेको अनलाइन प्रतियोगितामा मल्ल निर्णाय बनेकी हुन । 

उनले महादेशीय चरणका लागि दिइएको अमेरिका र युरोप क्षेत्रको निर्णायकको भूमिका सफलतापूर्वक निर्वाह गरेकी थिइन ।  

गायीका मल्ल यसअघि पनि विभिन्न प्रतियोगितामा निर्णायक बनीसकेकी छिन् । उनीसँग रेडियो थाहा संचारको आयोजनामा सम्पन्न भएको तीज गीत प्रतियोगिता २०६७, कोलगेट इमेज लोक कलाकार सिजन–२, लिटिल प्राइड अफ नेपाल–२०२०, राष्ट्रिय पावर न्यू म्युजिक अवार्ड–२०१९, सगरमाथा म्यूजिक अवार्ड–२०१८, मिस एण्ड मिस्टर ब्यूटीफुल नेपाल–२०२०, मिस एण्ड मिस्टर तीज नेपाल–२०१८, मिस्टर एण्ड मिस नेपाल अस एसईई आइकोन–२०१९, मिस्टर एण्ड मिस ग्रेस प्लस टू–२०१८ लगायतका थुप्रै प्रतियोगितामा निर्णायक बनेको अनुभव छ । 

कमेन्ट लोड गर्नुस