सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटी अस्पतालमा ३ शैयाको हाइ डिपेन्डेन्सी यूनिट बनाइदै

२०७७ कार्तिक १४, ०१:३१ खबर संवाददाता

धनगढी: जिल्ला अस्पताल डोटीमा हाइ डिपेन्डेन्सी यूनिट(एचडीयू) संचालनमा ल्याइने भएको छ । ३ शैयाको एचडीयूका लागि २ वटा भेन्टिलेटर अस्पतालमा पुगाइएको छ । 

एचडीयूका लागि प्रदेश आपुर्ति केन्द्र धनगढीबाट २ वटा भेन्टिलेटर प्राप्त भएको अस्पतालका निमित्त मेसु प्रकाश ठगुन्नाले जानकारी दिए । 

सामान्यतया यस्ता युनिटहरूमा अङ्ग प्रत्यारोपण वा प्रमुख अङ्गको शल्यक्रिया गराएका बिरामीलाई अक्सिजनको सुविधासहितको व्यवस्था गरिएको हुन्छ ।

अस्पतालमा भेन्टिलेटर पुगेपछि छिट्टै हाइ डिपेन्डेन्सी यूनिट संचालनमा ल्याइने मेसु ठगुन्नाले बताए । ‘एचडीयू भन्नाले आइसियूभन्दा अलि तल्लो स्तरको सेवा हो । जसमा अक्सिजनको सुविधासहितको व्यवस्था हुन्छ । स्थान लगायतको व्यवस्था भएपछि छिट्टै डोटी अस्पतालबाट उक्त सेवा सुरु हुनेछ’ उनले भने । 
 

कमेन्ट लोड गर्नुस