सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक प्राध्यापकमा डा. जोशी नियुक्त

२०७७ कार्तिक १२, ०७:३६ खबर संवाददाता

धनगढी: कैलालीको सेती प्रादेशिक अस्पतालका इमर्जेन्सी विभाग प्रमुख  डा. जगदिश जोशी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको मानार्थ सहायक प्राध्यापकमा नियुक्त भएका छन् ।

उनलाई सेती प्रादेशिक अस्पतालमा प्रशिक्षणको लागि आउने ‘जीपी एण्ड इमर्जेन्सी मेडिसिन’ विभागको मानार्थ सहायक प्राध्यापकमा नियुक्त गरिएको प्रतिष्ठानका रेक्टर डा. निरेश थापाले बताए । 

प्रतिष्ठानले आवेदन खोलेको र डा. जोशीको योग्यता तथा अनुभवको आधारमा संस्थालाई कुनै पनि आर्थिक भार नपर्ने गरी नियुक्त गरिएको डा. थापाले जानकारी दिए । 

कमेन्ट लोड गर्नुस