सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा वेवारिसे शव फेला

२०७७ कार्तिक १२, ०५:५८

डडेल्धुरा: डडेल्धुरामा वेवारिसे शव फेला परेको छ। बुधबार जिल्लाको जिल्लाको अमरगढी नगरपालिका– १० सिमरोडा खोलास्थित पानी जमेको खाल्टोमा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार शवको पहिचान हुन सकेको छैन । घटनास्थलमा प्रारम्भिक अनुसन्धानको कार्य सम्पन्न गरी निजको शव डडेल्धुरा अस्पतालको लाश घरमा राखिएको प्रहरीले जनाएको छ । 

साथै प्रहरीले अन्दाजी ६० वर्षीय, उचाई अन्दाजी ५ फिट ४ ईन्च, कपालको रङ कालो सेतो हुलिया भएको शवको पहिचान गरी सहयोग गर्न आग्रह गरेको छ । प्रहरीका अनुसार शव नजिक कालो घीउ रंगको र भित्री पट्टी रातो रङ्ग भएको ज्याकेट, रातो रंगको सुरुवाल र कालो कट्टु भेटिएको थियो । 

 

कमेन्ट लोड गर्नुस