सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा अरिंगालको टोकाईबाट दुई बालिकाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७७ कार्तिक १२, ०३:५३ खबर संवाददाता

डोटी: डोटीमा अरिंगालको टोकाईबाट दुई बालिकाको मृत्यु भएको छ। जिल्लाको सायल गाउँपालिका–१ मा  अरिंगालको टोकाईबाट दुई दिदी बहिनीको मृत्यु भएको हो।

मृत्यु हुनेमा स्थानीय भीम रोकायाकी पाँच वर्षीया छोरी मनिसा रोकाया र उनकी तीन वर्षीया बहिनी सृजना रोकाया रहेकी जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्र मल्लले बताए। 

कमेन्ट लोड गर्नुस