सुदूर नेपाललाई विश्वसँग जोड्दै

सगरमाथा आरोही शर्मिलासहित ५ जनाको टोलीले गर्यो जुगल आरोहण

२०७७ कार्तिक १२, ११:०४ खबर संवाददाता

मानव बेचबिखनविरुद्ध अभियानरत सगरमाथा आरोही शर्मिला लामासहितको पाँच जनाको टोलीले जुगल हिमशृंखला अन्तर्गतको ग्याल्जेन पिक आरोहण गरेको छ । 

यही कार्तिक ३ गते आफूहरुले ६ हजार १ सय ५१ मिटर उचाइको ग्याल्जेन पिक आरोहण गरेकोे हिमाल आरोही शर्मिलाले जानकारी दिइन् । उनले आरोहण टोली काठमाडौंबाट बेसक्याम्पसम्म आफ्नो नेतृत्वमा गएको र त्यहाँबाट योजना प्रमुख आङदोर्जे शेर्पाको नेतृत्वमा गएको बताइन् । 

मानव बेचबिखनविरुद्धको सन्देश बोकेर, नेपालको पर्यटन पवद्र्धनमा टेवा पु¥याउन ८ हजार मिटर अग्ला विश्वका १४ हिमाल चढ्ने अभियानमा रहेकी शर्मिलाले विश्वको सर्वोच्च शिखर सगरमाथा, ८ हजार १ सय ६३ मिटरको मनास्लु, युरोपको सबैभन्दा अग्लो हिमाल इल्ब्रोस, ५ हजार ९ सय २५ मिटर अग्लो नेपालको रामदुङ हिमालको सफल आरोहण गरिसकेकी छन् । 

जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले गाउँपालिकाको आयोजना र सोल हिमालय टुर एण्ड ट्राभल्स प्रालिको व्यवस्थापनमा आरोहण भएको बताइन् । उनका अनुसार आरोहण दलमा शर्मिला लामा, पेम्बा तामाङ, आङदोर्जे शेर्पा, सार्की शेर्पा र आङछिरिङ शेर्पा रहेका थिए ।

कमेन्ट लोड गर्नुस