डोटीमा वडाध्यक्षको छोराको कुटपिटबाट १ जना घाइते
धनगढीः डोटीमा वडाध्यक्षको छोराको कुटपिटबाछ १ जना घाइते भएका छन् ।
जिल्लाको शिखर नगरपालिका वडा नम्बर ७ अध्यक्ष नरबहादुर बलायरका २४ वर्षीय छोरा हर्कले सोही ठाउँका २१ वर्षीय हर्क बलायरमाथि कुटपिट गरेका हुन् ।
कुटपिट घाइते भएका बलायरको टाउकोमा चोट लागेको छ । उनको धनगढीमा उपचार भइरहेको छ । वडा अध्यक्ष बलायरले दुवै जनाबीच आपसी विवाद हुँदा एक्लाएक्लै लडेको बताए ।
अध्यक्षले छोराले ढुङ्गाले बलायरको टाउकोमा हिर्काउँदा फुटेको बताए । उनले एउटै परिवारका सदस्य भएकाले विवाद सामाधान गर्न छलफल गरिरहेको जनाए ।