सुदूर नेपाललाई विश्वसँग जोड्दै

हुम्लाबाट स्वाब सुर्खेत पठाइयो

२०७७ कार्तिक १२, ०८:५२ रासस

सिमकोट : जिल्ला अस्पताल हुम्लाले मङ्गलबार ३२ जनाको पिसिआर परिक्षणका लागी स्वाब सङ्कलन गरेको छ । 

कात्तिक दुई गते स्वाब सङ्कलन गरी ४ गते पोजेटिभ देखिएका एक अनमी र तीन सशस्त्र प्रहरी सहित उनीहरुको सम्पर्कमा आएका गरेर ३२ जनाको स्वाब सुर्खेत aपठाइएको छ । पोजेटिभ देखिएका चार जनासहित उनका सम्पर्कमा आएका स्वास्थ्यकर्मी र सशस्त्र प्रहरी, एक ड्राइभरको स्वाब आज बुधबार विहान सुर्खेत पठाइएको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले बताए । 

हुम्लामा हालसम्म नौ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने चार सक्रिय सङ्क्रमित रहेको सूचना अधिकारी फडेराले बताए ।

कमेन्ट लोड गर्नुस