बझाङमा वडाध्यक्ष सहित १० जुवाडे पक्राउ, ७० हजार बरामद
धनगढीःबझाङमा वडाध्यक्ष सहित १० जना जुवाडे पक्राउ परेका छन् ।
जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ४ बाट विशेष सूचनाका आधारमा जुवा खेलिरहेको अवस्थामा नगदर ७० हजार सहित १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले ७० हजार ७ सय ३० रुपँैया सहित जयपृथ्वी नगरपालिका ४ का वडाध्यक्ष गगन खाती लगायतका जुवाडेलाई पक्राउ गरिएको जानकारी दिए ।
दिपक बहादुर वड, शेर बहादुर खाती, लोकेन्द्र खाती, विक्रम खाती, कुम्भराज उपाध्याय, नरेन्द्रराज उपाध्याय, रतनलाल रताला, उमेसराज जोशी, सन्तोष जोशीलाई पनि जुवा खालबाट पक्राउ गरिएको उनले बताए ।
उनीहरुलाई अहिले हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।