सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप ५७० जनामा कोरोना संक्रमण पुष्टि

२०७७ कार्तिक ११, ०६:३८ खबर संवाददाता

धनगढी : नेपालमा पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार कुल संक्रमित संख्या १ लाख ६० हजार ४०० पुगेको छ । संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा ३ हजार १६८ छ । योसंगै हालसम्म १ लाख १८ हजार ८४३ जना संक्रमणमुक्त भएका छन् । 

त्यस्तैै थप १४ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ८७६ पुगेको छ ।

कमेन्ट लोड गर्नुस