सुदूर नेपाललाई विश्वसँग जोड्दै

तनहुँका ५० वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७७ कार्तिक १०, ०६:२९ रासस

तनहुँको शुक्लागण्डकी नगरपालिका निवासी एक पुरुषको आज बिहान कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए । ती पुरुषमा कात्तिक ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । ती पुरुषमा निमोनिया लगायतको समस्या थियो ।

योसँगै तनहुँमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने गण्डकी प्रदेशमा ६८ पुगेको छ । 
 

कमेन्ट लोड गर्नुस