सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुजारीको हत्या

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर । फोटो स्रोत ।
२०७७ कार्तिक १०, ०६:२२ रासस

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा धारिलो हतियार प्रयोग गरी हत्या गरिएका अवस्थामा एक पुरुषको शव फेला परेको छ । सुस्ता गाउँपालिका–४ नर्सहीस्थित पच्छिमडारी बस्ने ७५ वर्षीय महगु केवटको  शव आज फेला परेको हो ।
केवट स्थानीय मन्दिरका पुजारी थिए । उनको आफ्नै कुटी नजीकै धारिलो हतियार प्रयोग गरी हत्या गरिएको र हत्याराको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले राससलाई जानकारी दिए ।
 

कमेन्ट लोड गर्नुस