सुदूरपश्चिमका थप २२ जनामा कोरोना पुष्टि
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/labb_17_0_0_1_1_1_0.jpg?itok=rnmcOJPK)
धनगढीः सुदूरपश्चिममा आईतबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पताल र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा २२ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार सेती अस्पताल प्रयोगशालामा २ सय ७ जनाको परीक्षण गर्दा १२ र कमलबजार नगरपालिकाको प्रयोगशालामा ७५ जनाको परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिका वडा नम्बर १ का २ पुरुष, वडा नम्बर २ का १ पुरुष, वडा नम्बर ३ का २ पुरुष, वडा नम्बर ४ महिला र १ पुरुष गरी ५ जनामा संक्रमण पुष्टि भएको बताए ।
यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर १० का १ पुरुष र स्थानीय तह नखुलेका कञ्चनपुरका १ महिलामा पनि कोरोना देखिएको छ ।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९ हजार ६ सय ३४ पुगेको छ । उनीहर मध्ये ७ हजार ५ सय बढीले कोरोना जितेका छन् भने ३२ जनाको मृत्यु भएको छ ।
![add](https://dineshkhabar.com/sites/default/files/1736663280234.jpg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)