सुदूर नेपाललाई विश्वसँग जोड्दै

साझा पार्टी कैलालीका संयोजक पन्तलाई कोरोना संक्रमण

२०७७ कार्तिक ९, ०६:००

धनगढीः साझा पार्टी कैलालीका संयोजक रोशन पन्तलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आइतबार गरिएको परीक्षणमा पन्तलाई कोरोना पुष्टि भएको हो । पन्तले आफूलाई कोरोना पोजेटिभ देखिएपनि स्वास्थ्यमा खासै समस्या नरहेको बताए ।

उनले संक्रमण पुष्टि भएपछि सेल्फ आइसोलेसनमा बसेको जनाउँदै आफ्नो सम्पर्कमा आएकाहरुलाई सुरक्षित रहदै परीक्षण गराउन पनि आग्रह गरेका छन् ।

कमेन्ट लोड गर्नुस