धनगढीका थप ११ जनामा कोरोना पुष्टि
धनगढीः धनगढीका थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ४ जनाको नमूना परीक्षण गरिएकोमा धनगढी उपमहानगरपालिका ११ सहित थप १२ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिका वडा नम्बर १ का २ पुरुष, वडा नम्बर २ का १ पुरुष, वडा नम्बर ३ का २ पुरुष, वडा नम्बर ४ महिला र १ पुरुष गरी ५ जनामा संक्रमण पुष्टि भएको बताए ।
यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर १० का १ पुरुष र स्थानीय तह नखुलेका कञ्चनपुरका १ महिलामा पनि कोरोना देखिएको छ ।