धनगढीकाे दिनेश ईन्टरकन्टिनेलटलका निर्देशक हमाललाई काेराेना पुष्टि
धनगढी : धनगढीकाे दिनेश ईन्टरकन्टिनेलटलका निर्देशक आयुष हमाललाई काेराेना पुष्टि भएकाे छ । दिनेश ग्रुप अन्तरगकाे दिनेश ईन्टरकन्टिनेलटलका निर्देशक हमाललाई आज काेराेना पुष्टि भएकाे हाे ।
सेती प्रादेशिक अस्पताल प्रयाेगशालामा गरिएकाे परीक्षणमा आफुलाई सक्रमण देखिएकाे हमालले बताएका छन् । उनकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे छ । काेराेना देखिएपछि अहिले हमाल हाेम आईसाेलेसनमा बसेका छन् ।
उनले आफ्नाे सम्पर्कमा आएका सबैलाई सुरक्षित भएर बस्दै परीक्षण गराउन आग्रह गरेका छन् ।