सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट अछाम पनि उड्न थाल्यो जहाज, यस्तो छ भाडादर

२०७७ कार्तिक ९, ०९:०२ खबर संवाददाता

धनगढीः धनगढीबाट अछामको साँफेबगर पनि जहाज उड्न थालेको छ ।

बैतडी, डोटी, बझाङ र बाजुरा नियमित उडान गरिरहेको समिट एयरले शुक्रबारदेखि धनगढीदेखि अछामको साँफेबगर विमानमा पनि नियमित उडान भर्न थालेको हो ।

धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले शुक्रबार पहिलो दिन नै धनगढी–साँफेबगर २ वटा उडान भएको जानकारी दिए ।

उनका अनुसार धनगढी–साँफेबगरको भाडा ३ हजार ५ सय ५० रुपैँया तोकिएको छ ।

समिट एयरले यसअघि नेपालगञ्जदेखि साँफेबगर विमानस्थलमा उडान भर्दै आएकोमा अब धनगढीबाट पनि नियमित उडान गर्ने भएको हो ।

उडान तालिका भने तत्काल तय हुन नसकेको बताइएको छ । 

दशैँका कारण १० गते सम्म उडान रोकिएको बताउँदै धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले ११ गतेदेखि पुनः पहाडी जिल्लामा नियमित उडान हुने जानकारी दिए । 

 

कमेन्ट लोड गर्नुस