सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कोरोना संक्रमित व्यापारीको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७७ कार्तिक ८, १०:४७ खबर संवाददाता

धनगढीः धनगढीमा कोरोना संक्रमित  व्यापारीको मृत्यु भएको छ ।

डोटीको दिपायलमा रहेको जेभि आयल स्टोरका सञ्चालक कर्णबहादुर भण्डारीको कोरोना संक्रमणका कारण मृत्यु भएको सेती प्रादेशिक अस्पताले जानकारी दिएको छ । सेती प्रादेशिक अस्पतालमा उनको शनिबार मृत्यु भएको हो । 

निमोनियाका बिरामी रहेका भण्डारीको आईसियूमा उपचार हुँदै थियो । कोरोनाको रिर्पोट नेगेटिभ आएपछि उनलाई जनरल आईसियुमा सारिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । 

कमेन्ट लोड गर्नुस