सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक लाख ८१ हजार सहित ५ जुवाडे पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७७ कार्तिक ८, ०९:५१ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा एक लाख ८१ हजार चार सय सहित ५ जुवाडे पक्राउ परेका छन् । जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर २ बंकका टेकबहादुर चन्दको घरबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरबहादुर  थापाका अनुसार पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर ४ का जय बहादुर धानुक, वडा नम्बर ७ का नर बहादुर कुवँर, कृष्णपुर नगरपालिका वडा नम्बर २ का सुमन भण्डारी, वडा नम्बर ५ का यज्ञराज पाण्डेय र वडा नम्बर १ का दमन चन्द रहेका छन् । 

उनीहरुलाई ईलाका प्रहरी कार्यालय झलारीको हिरासतमा राखिएको र जुवा ऐन अन्तर्गत कारवाहि हुने थापाले बताए । 
 

कमेन्ट लोड गर्नुस