सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पाटन बजार क्षेत्र सिल

२०७७ कार्तिक ८, ०३:०० खबर संवाददाता

धनगढीः बैतडीको पाटन बजार क्षेत्रलाई सिल गरिएको छ ।

पाटनको उदयदेव मन्दिरमा महानवमीका अवसरमा लाग्ने मेलालाई मध्यनजर गर्दै बजार क्षेत्र सिल गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

शुक्रबार सर्वपक्षीय बैठकको निर्णयअनुसार शनिबार बिहान १० बजेदेखि आइतबार दिउँसो ४ बजे सम्मका लागि बजार क्षेत्र सिल गरिएको हो ।

यो अवधीमका अत्यावश्यक काम बाहेक आवातजावत गर्न पाइने छैन् । उदयदेव मन्दिरमा दिइने बलीमा पनि रोक लगाइएको छ ।

महानवमीमा बली नभएर मन्दिरमा नित्य पूजा मात्रै हुने गर्न पाइनेछ । 
 

कमेन्ट लोड गर्नुस