धनगढीमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक टेरले ९ दिनमै जिते कोरोना
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/121538895_3377540042353185_2602912291130742076_n_0_0.jpg?itok=QILIXJxi)
धनगढीः धनगढीमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक किसनसिह टेरले ९ दिनमै कोरोना जितेका छन् ।
गत असोज ३० संक्रमण पुष्टि भएका टेरले ९ दिनमै कोरोना जितेका हुन् । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा टेरको रिर्पोट नेगेटिभ आएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक टेरले संक्रमण देखिएपछि कोरोनासँग लड्न उच्च मनोबल राख्न प्रेरित गर्ने सबैलाई धन्यवाद दिए ।
लक्षण सहितको संक्रमण देखिएतापनि उच्च मनोबल राखेर सहजै कोरोना परास्त गर्न सफल भएको उनले बताए ।
उनले कोरोनासँग नडराउन तर सचेतना अपनाउन आग्रह गर्दै संक्रमण देखिएपछि जथाभावी औषधी सेवन नगर्न, खानपानमा विशेष ध्यान दिन पनि आग्रह गरेका छन् ।
कोरोना संक्रमण रोकथाम तथा जोखिम नियन्त्रणका लागि धनगढी क्षेत्रमा डिउटीमा खटिएका बेला संक्रमण भएका टेर अहिले पनि सेल्फ आइसोलेसनमा बसिरहेका छन् ।
![add](https://dineshkhabar.com/sites/default/files/1736663280234.jpg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)