सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली कारागारका कैदीबन्दीलाई दशैँ मनाउन ४ खसी उपहार

२०७७ कार्तिक ८, ०९:४८ खबर संवाददाता

धनगढीः कैलाली कारागारका कैदीबन्दीलाई दशैँ मनाउन ४ खसी उपहार दिइएको छ ।

सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, धनगढी उप–महानगरपालिका र निर्माण व्यवसायी संघले गरी दशैँ मनाउन कैदीबन्दीका लागि ४ वटा खसी उपहार दिएको जेलर महेन्द्रसिह खड्काले जानकारी दिए ।

उनका अनुसार धनगढी उपमहानगरपालिकाले २ , मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र निर्माण व्यवसायी संघले १/१ खसी प्रदान गरेका हुन् । 
 

कमेन्ट लोड गर्नुस