प्रहरी निरीक्षक सिहले जिते कोरोना
धनगढीः प्रहरी निरीक्षक (इन्सपेक्टर) वकिलबहादुर सिहले कोरोना जितेका छन् ।
कञ्चनपुरको ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीबाट सरुवा भइ काठमाडौँ जाने क्रममा परीक्षण गराउँदा संक्रमण पुष्टि भएका सिहले कोरोना जितेका हुन् ।
शुक्रबार परीक्षण गराउँदा रिर्पोट नेगेटिभ आएको सिहले बताए । असोज १४ गते संक्रमण देखिएका सिह झण्डै २३ दिनपछि संक्रमण मुक्त भएका हुन् ।
सिहलाई कोरोना पोजेटिभ देखिएपनि लक्षण भने थिएन् । सीमा नाकामा खटिएका बेला कोरोना सरेको हुनसक्ने सिहको अनुमान छ ।
उनले कोरोना संक्रमण भएका बेला मनाबल उच्च राख्न हौसला दिने सबैलाई धन्यवाद समेत दिएका छन् ।
सिहको प्रहरी प्रधान कार्यालय साईबर ब्युरो कानूनी परामर्श काठमाडौँ सरुवा भएको छ ।