सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्री पौडेलद्वारा यथास्थानमा आफ्नो परिवारमा सीमित भएर चाडपर्व मनाउन आग्रह

२०७७ कार्तिक ८, ०७:३६ रासस

वाग्मती : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सम्भव भएसम्म यथास्थानमा आफ्नो परिवारमा सीमित भएर चाडपर्व मनाउन आग्रह गरेका छन् ।

विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले चाडपर्व मनाइरहँदा कोरोना सङ्क्रमणको जोखिमबाट बच्न विश्व स्थास्थ्य सङ्गठन तथा नेपाल सरकारले तय गरेका स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालना गर्न अनुरोध गरेका छन् । उनले सरकारले कारोना महामारी नियन्त्रण तथा उपचारमा यथासम्भव प्रयत्न गरिरहेको जनाउँदै यस प्रयासमा नागरिकको साथको उत्तिकै महत्व रहेको औँल्याएका छन् । 

होम आइसोलेशनमा रहेका मुख्यमन्त्री पौडेलले धार्मिक तथा सांस्कृतिक महत्वका साथ मनाइने बडादशैँ, तिहार, छठ, नेपाल संवत्लगायत पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै आपसी प्रेम, सद्भावना र भ्रातृत्वको विकासमा चाडबाडले महत्वपूर्ण योगदान पु¥याउने जनाएका छन् । 

कमेन्ट लोड गर्नुस