सुदूर नेपाललाई विश्वसँग जोड्दै

अस्पताललाई अक्सिजन मेसिन

२०७७ कार्तिक ८, ०६:५१ रासस

बलेवा : रोजगारीका क्रममा बेलायतमा रहेका नेपालीले धौलागिरि अस्पताल, बागलुङलाई कोरोना सङ्क्रमणका विरामीका लागि रु दुई लाख पर्ने अक्सिजन मेसिन सहयोग गरेका छन् ।

बागलुङको काठेखोला गाउँपालिका कर्लिम घर भई बेलायतमा रहेका गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) वेलायतका उपाध्यक्ष एवं नेपाल पत्रकार महासङ्घ बागलुङका पूर्वअध्यक्ष नारायणदत्त कँडेलको पहलमा मेसिनका लागि रकम सङ्कलन भएको हो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले अक्सिजनको अभाव पूरा गर्न मेसिन सहयोगी हुने बताए । नर्थन आयरल्याण्डमा बस्ने नेपालीले एकापसमा सहयोग सङ्कलन गरी रु पाँच लाख २५ हजार जम्मा गरेर मेसिन तथा अन्य सहयोग कँडेलले जानकारी दिए । 

यसअघि चितवन र दोलखा अस्पतालमा पनि अक्सिजन मेसिन हस्तान्तरण गरिएको थियो ।

कमेन्ट लोड गर्नुस