सुदूर नेपाललाई विश्वसँग जोड्दै

अपराध रोक्न कानूनी साक्षरताः मन्त्री तुम्बाहाङ्फे

२०७७ कार्तिक ७, १०:३१ रासस

कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले अपराध हुन नदिनका लागि कानूनी साक्षरता कार्यक्रम सञ्चालन गरिने बताइन् । 

दशै मनाउन जन्मघर आएकी मन्त्री तुम्बाहाङ्फेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा), तेह्रथुमले आज आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उक्त जानकारी दिएकी हुन् । उनले सरकारले अध्यादेशमार्फत समेत ऐनहरु निर्माण गरी अपराध नियन्त्रण शुरु गरेको र धेरै ऐनहरु बन्ने प्रक्रियामा रहेको बताउँदै मैलिक हकसँग जोडिएका १६ वटा ऐन निर्माण गरेर कार्यन्वयनमा ल्याइएको पनि बताइन् ।
 

कमेन्ट लोड गर्नुस