एमाले अध्यक्ष ओलीलाई पितृशोक
२०८२ फाल्गुन २९, ०८:३२
काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ।
पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री अस्पतालमा निधन भएको हो। दिवङ्गत ओलीका दुई छोरा र तीन छोरी छन्। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने अध्यक्ष ओलीको निजी सचिवालयले जनाएको छ।
कमेन्ट लोड गर्नुस