कैलालीका ९२ सहित सुदूरपश्चिम शुक्रबार थप १३२ जनामा कोरोना पुष्टि
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/lab_9_0_0_3_0_2_1_0.jpg?itok=_ivab5Uf)
धनगढीः कैलालीका ९२ सहित सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप १ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा प्रदेशका ४ वटा प्रयोगशालामा १ हजार १ सय ८० जनाको परीक्षण गर्दा थप १ सय ३२ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १ सय ११ जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा १४, अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ४ र जिल्ला अस्पताल बझाङ प्रयोगशालामा थप ३ जनामा पनि संक्रमण पुष्टि भएको जानकारी दिए ।
सेती प्रादेशिक अस्पतालमा ६ सय ८० जनाको परीक्षण गर्दा थप १ सय ११ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । श्रेष्ठका अनुसार सबैभन्दा धेरै धनगढी उपमहानगरपालिका ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। धनगढी उपमहानगरपालिकाका १६ महिला र २९ पुरुष गरी ४५ जनामा संक्रमण पुष्टि भएको उनले बताए । उनीहरुको वडा खुलेको छैन् ।
यस्तै गोदावरी नगरपालिका २९ जना, कैलारी गाउँपालिकाका ६ जना, घोडाघोडी, लम्कीचुहा र टीकापुर नगरपालिकाका ३/३ जना, गौरीगंगा नगरपालिकाका २ र स्थानीय तह नखुलेका १ जनामा पनि संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए । कञ्चनपुरको वेदकोट नगरपालिकाका ५ जना, शुक्लाफाँटा, कृष्णपुर र भीमदत्त नगरपालिकाका ३/३ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
बैतडीको दशरथ चन्द नगरपालिकाका १ जना, डोटीको शिखर नगरपालिका र केआइसिह गाउँपालिकाका १/१ जना, कञ्चनपुरको बेल्डाडी गाउँपालिकाका १ जना र स्थानीय तह नखुलेका कञ्चनपुरकै १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ। संक्रमित मध्ये ७ हजार ५ सय बढिले कोरोना जितेका छन् भने ३० जनाको मृत्यु भएको छ।
![add](https://dineshkhabar.com/sites/default/files/WhatsApp Image 2025-01-20 at 11.37.07 AM.jpeg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)