सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली अस्पतालका सञ्चालक जोशीले जिते कोरोना

२०७७ कार्तिक ७, ०२:४२ खबर संवाददाता

धनगढीः धनगढीस्थित कैलाली अस्पतालका सञ्चालक जनकराज जोशीले कोरोना जितेका छन् ।

असोज  २३ गते संक्रमण पुष्टि भएका जोशीले कोरोना जितेका हुन् । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज गरिएको परीक्षणमा रिर्पोट नेगेटिभ आएको जोशीले बताए ।

यसअघि २ पटक सम्म उनको रिर्पोट पोजेटिभ आएको थियो । कोरोना मुक्त भएसँगै जोशी सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएका छन् ।

अहिले उनी होम आइसोलेसनमा छन् । जोशीले कोरोनासँगको लडाइमा आफूलाई मनोबल उच्च राख्न सहयोग एवंम् शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद दिएका छन् । 
 

कमेन्ट लोड गर्नुस