धनगढीमा नेपाली सेना र सशस्त्र प्रहरीले फूलपाती भित्र्याए
धनगढीः धनगढीमा नेपाली सेना र सशस्त्र प्रहरीले फूलपाती भित्र्याएका छन् । नेपाली सेना र सशस्त्र प्रहरीले धनगढीस्तिथ नैनादेवी मन्दिरमा फूलपाती भित्र्याएको हुन् ।
तर कोरोना भाइरसको संक्रमणको जोखिमका कारण गतविगतका वर्षझै फूलपातीमा रौनक भने देखिएन । यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सेना र सशस्त्रले सांकेतिकरुपमा मात्र आयोजना गरेका छ । दुवै संगठनले बली चढाएनन् भने हर्षबढाइँ पनि गरिएन् ।
सप्तमीका दिन सबै नेपालीका घरघरमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती र अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक फूलपाती भित्र्याइन्छ।