सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा युवती मृत भेटिइन्

२०७७ कार्तिक ७, ०७:१७ खबर संवाददाता

पुनर्वास :कञ्चनपुरमा युवती मृत भेटिएकी छन् । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ९ मा २२ वर्षीय चन्द्रा सुनार मृत भेटिएको प्रहरीले जनाएको  छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले सुनार आफ्नै घरको धुरीमा झुण्डिएको अवस्थामा मृत भेटिएको जानकारी दिए ।

उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

कमेन्ट लोड गर्नुस