सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशैं बिदामा पनि सेती अस्पतालमा कोरोना परीक्षण हुने

२०७७ कार्तिक ६, ०५:५७ खबर संवाददाता

धनगढी: सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा दशैंका बेलापनि कोरोना भाइरसको परीक्षण हुने भएको छ। 

दसैँको मुख्य तीन दिन अष्टमी, नवमी र दशमीमा पनि कोरोना परीक्षणलाई निरन्तरता दिइने अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

‘कोरोना परीक्षण रोकिँदैन। ल्याबका कर्मचारी डिउटी मिलाएर काम गने हुँदा सिमित मात्रामा चाँहि हुन्छ’  उनले भने। 

 

कमेन्ट लोड गर्नुस